धारामा पानी भर्ने समयमा माथिबाट पहिरो खस्दा एक महिलाको मृत्यु

धनगढी । बझाङमा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । तलकोट गाउँपालिका-६ रजाडामा पहिरोमा पुरिएर ६० वर्षीया सुना दमाईको मृत्यु भएको हो।

शुक्रबार धारामा पानी भर्ने बेला माथिबाट जमिन भासिएर पहिरो जाँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो। जिल्लामा शनिबार सेती नदीको बहाब बढेपछि माछा मार्न, दाउरा उतार्न लगायत जोखिम ठाउँ तथा पुलमा जान प्रशासनले रोक लगाएको छ । सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार