जगदम्बा स्टिल उद्योगमा आगलागी , दुई भारतीय मजदूरको मृत्यु

काठमाडौं । सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा हिजो बेलुकी साढे सात बजे आगलागी भएको छ । आगलागीमा परी दुई भारतीय मजदूरको मृत्यू भएको छ । उक्त आगजनीमा अन्य चार मजदूर घाइते भएका छन् ।

मृत्यु हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षिय प्रदिप गौण र बिहारकै सिवान जिल्लाका ४५ वर्षिय रामनाथ महतो रहेका छन् । घाइते चारजनामा नवराज चौलागाई, राजकुमार विक, इन्द्रप्रसाद अधिकारी र अवधेस कुसवाहा रहेका छन् ।

उनीहरुको सिमरास्थित तराइ अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका विकलाई वीरगञ्जको वयोधा अस्पतालमा रिफर गरिएको छ ।

उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा आगलागी भएको हो । दुईवटा दमकलले एक घन्टा लगाएर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार