
बेनी । म्याग्दीमा निषेधाज्ञा (लकडाउन ) थप एक साता थपिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबार राति १२ बजेदेखी लागु हुने गरी आगामी १४ गते सम्म लकडाउन थप्ने निर्णय गरेको हो ।
जारी लकडाउन सोमबार राति सकिंदैछ । लकडाउनलाई जारी लकडाउन भन्दा केही खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनभुयो । उहाँका अनुसार अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहनेछन् । खाद्यान्न ,कृषि औजार ,मल ,विउविजन ,स्थानिय उत्पादित तरकारी ,फलफुल ,दुध ,डेरीजन्य उत्पादन ,हार्डवयर पसल ,पुस्तक तथा स्टेशनरी पसल ,सुनचाँदी पसल ,टेलरिङ,फेन्सी तथा कपडा पसल ,इलेक्टे«कल ,इलेक्ट्रोनिक्स,भाँडापसल ,ग्याँस ,पेट्रोल लगायत सेवाका पसलह स्वास्थ्य सुरक्षाको मापदण्डहरुको पुर्ण पालना गरी बिहान ५ बजेदेखी १ बजेसम्म खुल्नेछन् ।
यसैगरी जिल्ला स्थित सरकारी कार्यालयले साप्ताहिक रुपमा आलोपालो प्रणाली अनुसार सेवा दिने निर्णय गरको छ ।निर्णय अनुसार आइतबार धवलागिरी र अन्नपुर्ण गाउँपालिका,सोमबार मालिका गाउँपालिका ,मंगलबार बेनी नरपालिका,बुधबार रघुगंगा गाउँपालिका ,बिहिबार मंगला गाउँपालिका र शुक्रबार बेनी नगरपालिकाले सेवा दिनेछन् ।