पौडेल पक्षीय कांग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बस्दै छ । महामन्त्री डा.शशांक कोइरालाको निवासमा दिउँसो ३ बजे पौडेल पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बस्न लागेको हो ।

कांग्रेसको १४औँ महाधिवेशनको तयारीका सम्बन्धमा आफू पक्षका नेताहरु डाँकेर पौडेलले छलफल गर्न लागेका हुन् । कांग्रेसको १४औँ महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म गर्ने तय भएको छ , कांग्रेसका नेताहरुले महाधिवेशनबाट नेतृत्व आफ्नो हातमा लिन दौडधुप जारी राखेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार