नवलपुर । नवलपुरको मध्यविन्दुबाट अवैध रुपमा ढुवानी हुदै गरेको सालको काठ सहित २ जना पक्राउ परेका छन् । आज शनिवार बिहान मध्यविन्दु नगरपालिका वडा नं. ७ चोरमारास्थित चालिस किलो भन्ने ठाउँबाट काठ सहितको ट्रयाक्टर र दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
ट्याक्टरमा लोड गरेर लैजादै गरेको ११ थान सालको गोलिया करीव ८५.२६ क्युफुट काठ र एक थान काठ चिर्ने मेसिन समेत नियन्त्रणमा लिएर प्रहरीले सबै सामग्री सहित आवश्यक कार्वाहीका लागि डिभिजन बन कार्यालय नवलपुरलाई बुझाएको डिएसपी दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा मध्यविन्दु नगरपालिका वडा नं.८ टाँडीका वर्ष ४० का उत्तमराज महत्तो र वडा नं.७ अम्रसाका १६ बर्षीय सन्तोष नेपाली छन् । काठ लु २ त ३७१० नं.को ट्याक्टरमा थियो । महतो ट्याक्टर चालक हुन् । dhorpatannewsबाट