बन्द प्रशिक्षणका लागि १९ क्रिकेट खेलाडी छनोट

काठमाडौं । आइसिसी क्रिकेट वर्ल्ड कप लिग–२ को बन्द प्रशिक्षणका लागि १९ खेलाडी छनोट गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी वर्ल्ड कप लिग–२ अन्तर्गत ओमानमा हुने नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीको नाम सार्वजनिक गरेको हो ।

बन्द प्रशिक्षण टोलीमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, गुलशन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी र सोमपाल कामी रहेका छन् ।

यस्तै, सन्दीप लामिछाने, कमलसिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशान भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ र रोहित कुमार पौडेललाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार