पुससम्म ५ करोड २५ लाख खोप आइपुग्छ : स्वास्थ्य राज्यमन्त्री

काठमाडौँ। स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म थप १ करोड ५ लाख खोप आउने बताउनुभएको छ ।

बिहीवार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै राज्यमन्त्री श्रेष्ठले जापानबाट यही शनिबार र आइतबार ८ लाख एस्ट्राजेनेका खोप आउने र दोश्रो चरणमा थप ८ लाख खोप आउने जानकारी गराउनुभयो ।

यस्तै चीनबाट यही १५ तारिखभित्र १६ लाख खोप आउने बताउनुभयो। चीनबाट नै साईनोफार्मको ६० लाख भेरोसेल खोप आउने र भारतबाट १० लाख खोप आइपुग्ने जानकारी दिनुभयो । यस्तै भुटानबाट ३ लाख कोभिडशील्ड खोप आउनेक्रममा रहेको राज्यमन्त्री श्रेष्ठले बताउनुभयो ।

यस्तै आगामी पुससम्म मोर्डनाको ४० लाख खोप, कोभेक्स गाभीको १ करोड १० लाख खोप, विश्व स्वास्थ्य संगठनको अनुदानमा कोभेड गाभी १ करोड १३ लाख खोप आउने मन्त्री श्रेष्ठले बताउनुभयो । यस्तै अमेरिकाबाट ६० लाख फाईजर खोप ल्याउने तयारी छ । फाईजर खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहलाई लगाइने मन्त्री श्रेष्ठले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार