बिहीबार सम्पर्कविहीन भएका तुलाचन झुण्डिएको अवस्थामा मृत फेला

बेनी । मुस्ताङको घासा घर भई हाल पर्वतको कुश्मा नगरपालिका –४ ,स्थित दुर्लुङचोकमा रहेको मुस्ताङ गेस्ट हाउसका घरभेटी गजेन्द्र तुलाचन झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । तुलाचन बागलुङ नगरपालिका– १० स्थित दबल्याङमा रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला पर्नुभएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीका अनुसार मृतक तुलाचन दबल्याङ स्थित गलुवा खोलाको पुछारमा रहेको रुखमा झुण्डिएर आत्महत्या गर्नुभएको हो । उक्त स्थान सह्रसधारबाट पारी पट्टिको हो । परिवार समेत आएको हुँदा मृतक व्यक्ति हिजो बिहान देखि हराइरहेका तुलाचनकै भएको पुष्टि बागलुङ प्रहरीले गरेको छ । बिहिबार बिहान ६ बजे घरबाट मर्निङ वाकका लागि निस्कनुभएका तुलाचन सम्पर्क विहिन हुनुभएको थियो ।

तुलाचन आफैले लामो समयसम्म मुस्ताङ गेस्ट हाउस सञ्चालन गर्दै आउनुभएको थियो। पछि चाहिँ होटेल अरूलाई नै भाडामा लगाएर फुर्सदिलो दिनहरू बिताइरहनुभएको थियो । उहाँको स्वास्थ्य अवस्थामा केही समस्या रहेको थियो । उहाँ मधुमेह, उच्च रक्तचाप लगायतका रोगहरू सँग लडिरहनुभएको थियो ।

याे पनि..

https://myagdinews.com/2021/08/%e0%a4%ac%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%a8-%e0%a4%ae%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a4%bf%e0%a4%99-%e0%a4%b5%e0%a4%be%e0%a4%95-%e0%a4%a8%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%bf%e0%a4%8f/

बिहीबार (हिजो) बिहान घरबाट निस्केपछि घण्टौँ बित्दा समेत घरमा नफर्किएपछि परिवारले खोज कार्यमा तीव्रता दिएको थियो । प्रहरी कार्यालयमा उजुरी दिएर खोजी दिन आग्रह गरेपछि प्रहरीले खोजी अभियान सुरु गरेको थियो । प्रहरी, परिवार र स्थानीयबासीहरु समेतले दिनभर खोजतलास गर्दा समेत तुलाचनको स्थित बारे पहिचान हुन सकेको थिएन ।

प्रहरीले बताए अनुसार तुलाचनको मोबाइल लोकेशन चाहिँ कुश्मा नगरपालिका– १ पाङमा देखाएको र केही समयपछि मोबाइल स्विच अफ भएको थियो । उहाँको आत्महत्याको खबरले परिवार स्तब्ध बनेको छ । उहाँका छिमेकी र आफन्तहरू समेत शोकमग्न बनेका छन् । सधैँ हँसिलो अनुहार लिएर हिँड्ने, कसैसँग पनि नराम्रो नबोल्ने मान्छेले आत्महत्या गरेको खबर पत्याउन धेरैलाई मुस्किल बनिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार