काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ६ सय ६७ पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ४७ जना र ४ हजार ९ सय ६ एन्टिजेन परीक्षण गर्दा ६ सय ७७ गरी २ हजार ६ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख ३० हजार ४ सय ७९ जनामा र एन्टिजेन विधिबाट ७४ हजार ७ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ३ सय २० जना निको भएका छन् । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार २ सय ५९ पुगेको छ भने ६ लाख ८० हजार ८ सय १५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १ सय ८० जना रहेका छन् ।