जिल्ला फुटबल संघ म्याग्दीको अध्यक्षमा बुढाथोकी

बेनी । बेनीमा शनिबार एक कार्यक्रमकाबीच जिल्ला फुटबल संघ म्याग्दीको नयाँ नेतृत्व चयन भएको छ । दिलिप बुढाथोकीको अध्यक्षतामा गठित समितिको उपाध्याक्षमा सिद्धार्थ शाक्य, सचिवमा कुमार बानियाँ, कोषाध्यक्ष विजय थापा रहनुभएको छ ।

त्यस्तै समितिको सदस्यहरुमा असल केसी, बिबेक हमाल, एलिन केसी, सुरेश पुर्जा, विजय घर्ती, सन्दीप हमाल, सौगात गुरुङ र बिबेक राना निर्वाचित भएको सचिव कुमार बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको पहिलो बैठकले बादल आले र बिकेस शेरपुञ्जालाई सदस्यमा मनोनित गरेको छ ।

त्यस्तै बैठकले पालीका संयोजक र सचिब पनि चयन गरेको छ । जसअन्तर्गत बेनी नगरपालीकामा संयोजक शिरिष हमाल र सचिब सज्जन सापकोटा, मंगलामा संयोजक बिबेक बिश्वकर्मा र सचिब प्रकाश सापकोटा, मालीकामा संयोजक बिनय जुग्जाली र सचिब श्रीमन रोका, धौलागिरीमा संयोजक बिनोद घर्ती र सचिब सरोज थापा, रघुगंगामा संयोजक लेलिन गर्बुजा र सचिब अनुप चन्द र अन्नपुर्णमा संयोजक अप्सन राम्जाली र सचिब पपुलर श्रेष्ठ लाइ चयन गरिएको सचिब बानीयाँले जानकारी दिनुभएको छ । निर्वतमान कार्यबाहक अध्यक्ष श्यामकुमार कंडेलको अध्यक्षता, सचिव कुमार किसानको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार