टोकियो पारालिम्पिकमा सहभागी हुने नेपाली टिम आज जापान जाँदै

काठमाडौं । जापानमा आयोजना हुने टोकियो पारालिम्पिकमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गर्दैछ ।

पारालिम्पिकमा सहभागिता जनाउन १ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली जापान जाने छन् । नेपाली टोली आज साँझ जापान प्रस्थान गर्ने तालिका रहेको छ । मंगलबारबाट सुरु हुने पारालिम्पिकमा नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्रतिस्पर्धा गर्दैछिन् ।

पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । पारालिम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, सरोज श्रेष्ठ सेफ दि मिसन, डा। दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी हुँदै छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार