राति तीव्र गतिमा सवारी चलाउनेविरुद्ध ट्राफिक कारवाही

काठमाडौँ । रातको समयमा तीव्र गतिमा सवारी सधान चलाउनेविरुद्ध ट्राफिक प्रहरी महाशाखाले कारवाही गर्न थालेको छ । ‘नाइट भिजन लेजर स्पिड गन’को प्रयोग गरेर गति नियन्त्रण अभियान शुरु गरिएको ट्राफिक महाशाखाका प्रवक्ता (एसपी) सन्जिव शर्मा दासले बताउनुभयो ।

गएराती ट्राफिक प्रहरीले सातदोबाटो, सानेपा, कलंकी र गठ्ठाघरमा नाइट भिजन लेजर स्पिड गनको प्रयोग गरेर स्पिड जाँच गरेको थियो । ट्राफिक प्रहरीले साँझ ८ बजेपछि गति नियन्त्रण अभियान चलाउन थालेको छ । धेरै स्पिड चलाउनेलाई पहिलोपटक ५ सय जरिवाना गरिएको एसपी शर्माले बताउनुभयो । दिउँसोको समयमा तिब्र गतिमा सवारी चलाउने ३५ देखी ४० जना चालकलाई महाशाखाले कारवाही गर्दै आएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार