दैलेखमा एक शिक्षकको विभत्स हत्या

सुर्खेत । दैलेखमा विभत्स अवस्थामा एक जना शिक्षकको शव फेला परेको छ। गुराँस गाउँपालिकामा रहेको मालिका माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउने शिक्षक नगेन्द्र विसीको शव भेटिएको हो।

मंगलबार बिहान सोही विद्यालयमा उहाँको शव भेटिएको प्रहरीले जनाएको छ। बिहान स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेको थिए। जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक ईन्द्रजीत सुनारको नेतृत्वमा टोली घटनास्थल पुगेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो । उहाँको गएराति कसैले हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।

प्रारम्भिक अनुसन्धान सुरू भएको डिएसपी श्रेष्ठले बताउनुभयो। ‘प्रहरी पुगिसकेको छ, त्यहाँको अवस्था बुझ्ने र अनुसन्धान गर्ने कार्य हुन्छ,’ उहाँले भन्नुभयो, ‘अब केही बेरमा शव उठाएर ल्याउने काम पनि हुन्छ।’प्रहरीले शंका गरिएको दुई जना स्थानीयलाई पनि पक्राउ गरेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार