संखुवासभा सामूहिक हत्या प्रकरणमा लोकबहादुरका भाइसहित थप ४ जना पक्राउ

काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्यामा संलग्न आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइसहित ४ जना छन् ।

लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागी भदौ ३१ मा पक्राउ गरेको थियो । नरेश बाहेक थप ३ जनालाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न एसपी भिम दाहालले बताउनुभयो । संघिय प्रहरी इकाई कार्यालय धरानका एसपी दाहालले भन्नुभयो–‘लोकबहादुरका भाइसहित थप ४ जनालाई पक्राउ गरेका छौं, आज सार्वजनिक गर्छौ ।’ हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् ।

नरेशको साथबाट मोवाइल बरामद गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा राखेर सोधपुछ गरिरहेको छ । ‘हत्यापछि रञ्जनाको मोवाईल नरेशले कसरी पाए भन्नेबारे अनुसन्धान गर्दै छौं’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले भन्नुभयो–‘लोकबहादुरले घरमा लगेर लुकाएको र नरेशले भेटेर चलाएको वा नरेश आफैंले लगे भन्ने खुल्न बाँकी छ ।’ भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

हत्यापछि सङ्खुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी सहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए । तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार