पाठेघर र स्तनको क्यान्सर सम्बन्धी सचेतना एवं निशुल्क परीक्षण शिविर

बेनी । म्याग्दीको बेनीमा क्यान्सर जनचेतना तथा निशुल्क पाठेघर मुख र स्तन क्यान्सर परिक्षण शिविर सम्पन्न भएको छ । एनआरएनए र गरिमा कंडेल मेमोरियल ट्रष्टको आयोजना र म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको समन्वयमा शनिबार उक्त शिविर सम्पन्न भएको हो । शिविरमा क्यान्सर सम्बन्धी जनचेतना ,पाठेघर र स्तनको परिक्षण गरिएको बिपि कोइराला मेमोरियल क्यान्सर सेन्टर अस्पताल भरतपुरका क्यान्सर रोकथाम विशेषज्ञ किशोर कुमार प्रधानाङ्गले बताउनुभयो ।

उहाँका अनुसार शिविरमा ७३ जनाको पाठेघर मुख परिक्षण गरिएकोमा दुई जनामा क्यान्सर हुनु अघिको अवस्था पत्ता लागेको छ । भने पाँच जनाको पाठेघर मुखको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । त्यसैगरी ८५ जनाले स्तनको परिक्षण गराएकोमा पाँच जनाको स्तनमा गाँठो देखिएको उहाँले बताउनुभयो । शल्यक्रियाको लागि अस्पताल जान सुझाव दिइएको छ । शिविरमा महिला क्यान्सर विशेषज्ञ सभाना प्रधान लगायत टोलिले सेवा दिनुभएको थियो । कार्यक्रमको उद्घाटन बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले गर्नुभएको थियो ।

उहाँले शिविर आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । शिविरमा अस्पताल जना नपाएका विकट क्षेत्रका आर्थिक रुपमा गरिब महिलाहरुलाई सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । शिविरमा एनआरएनएकी उपाध्यक्ष रविना थापा , गरिमा मेमोरियल ट्रष्टका अध्यक्ष गंगाराम कंडेल र मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओमनारायण जुग्जाली लगायतले बोल्नुभएको थियो ।कार्यक्रमको संचालन महासचिव बिक्रम कार्कीले गर्नुभएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार