काठमाडौँ । पाँचथरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। सोमबार बिहान ११ बजे फिदिम नगरपालिका वडा नम्बर ४ सखरखण्डेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।
यासोकबाट फिदिम जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो। बस खसेर दुर्घटनामा परेपछि ६१ जना घाइते समेत भएका छन्। बसमा सवार लेटाङ नगरपालिका वडा नम्बर ६ मोरङका ७ वर्षीय प्रज्वल मगर, इलाम बस्ने ३४ वर्षीया प्रमिला देवान, उनका ७ महिने छोरा निश्चल देवान र एक जना पहिचान खुल्न बाँकी महिलाको मृत्यु भएको हो।
प्रहरीका अनुसार मगरको पाथीभरा अस्पताल र बाँकी तीन जनाको समर्पित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। गम्भीर घाइते भएका ११ जनालाई थप उपचारको लागि झापा पठाइएको छ। बाँकीको फिदिमस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ। सेतोपाटीबाट