अखिल क्रान्तिकारीद्धारा पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

आइतबार सरकारले पटक–पटक पेट्रोलिएम पदार्थको मुल्य विद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो । सरकारले जनताको ढाढ सेक्ने गरि पेट्रोल, डिजेज,मट्टीतेल र एलपी ग्यासको मुल्य वृद्धि गरेकाले आफ्नो संगठनले विरोध गरेको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताउनुभयो।

उनले सरकारले जनताको मतलव नगरेर मुल्यवृद्धि गरेको आरोप लगाउदै सरकारको दिनगन्ती सुरु भएको चेतावनी दिनुभयो ।अध्यक्ष गुरेलले अहिलेको राज्यव्यवस्था जनताको पक्षमा नभएकाले आफूहरु आन्दोलनमा उत्रिएको बताउनुभयो । हालै भएको मुल्यवृद्धि फिर्ता गर्न माग गर्दै उहाँले जनताको सेवा गर्न नसक्ने भए राजीनमा दिन शासक दलहरुलाई आग्रह गर्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार