काठमाडौँ । सानिमा बैंक लिमिटेडका शेयरधनीहरूले चुक्तापूँजीको १७ प्रतिशत बोनस र ०.८९४७ प्रतिशत नगद लाभांश पाउने भएका छन् । आइतबार सम्पन्न १७ औं वार्षिक साधारणसभामार्फत बैंकले शेयरधनीलाई बोनस शेयर दिने निर्णय गरेको हो ।
संचालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको बैंकले जानकारी दिएको छ । साधारणसभाबाट संस्थापक समूह तर्फबाट सञ्चालक समितिमा तुकप्रसाद पौडेल, गायत्री थापा र डा.केशवप्रसाद आचार्य सर्वसम्मत निर्वाचित भएका छन् । पौडेल र थापा पुनः निर्वाचित भएका हुन् ।
आर्थिक बर्ष २०७७/७८ मा २ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा कुल सम्पत्ति १ अर्ब ६० अर्ब ७५ करोड, कुल निक्षेप १ खर्ब ३० अर्ब ८८ करोड तथा खुद कर्जा सापटी १ अर्ब २३ अर्ब १७ करोड रुपैयाँ पुगेको बैंकले जानकारी दिएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १८.८८, ३१.४५ र २७.२६ प्रतिशत वृद्धि भएको बैंकले जनाएको छ । रातोपाटीबाट