काँग्रेस म्याग्दीको जिल्ला सभापतिमा गर्वुजा निर्विरोध चयन

म्याग्दी । नेपाली काँग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्वुजा ‘खम्बिर’ निर्विरोध निर्वाचित हुनुभएको छ । बुधवारदेखि बेनीमा सुरु भएको ७ औँ जिल्ला अधिवेशनमा सभापति पदमा गर्वुजाको मात्रै मनोनयन दर्ता भएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । पुनः सभापतिमा निर्विरोध हुनुभएका गर्वुजा वर्तमान जिल्ला कार्यसमितिको समेत सभापति हुनुहुन्थ्यो ।

त्यसैगरि अधिवेशनबाट महिलातर्फ जिल्ला सदस्यमा बेनी नगरपालिकाबाट मनकुमारी तुलाचन, अन्नपूर्ण गाउँपालिकाबाट महिला सदस्यमा पुष्पा बानियाँ बरुवाल, धवलागिरि गाउँपालिकाबाट महिला सदस्य रामदेवी पुन, अन्यतर्फको सदस्यमा काजिमान रोका, मालिका गाउँपालिकाबाट मनरुपा पुन र अन्यतर्फको जिल्ला सदस्यमा मालिका गाउँपालिकाबाट चुनु पुन, मंगला गाउँपालिकाबाट महिलातर्फको जिल्ला सदस्यमा युगकुमारी सेन, खसआर्यतर्फको महिला सदस्यमा लक्ष्मीकुमारी केसी निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यसैगरि महाधिवेशन प्रतिनिधितर्फ आपांग अन्यतर्फ सुरेन्द्र खत्री निर्विरोध हुनुभएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा दुई जना निर्वाचित हुने जिल्ला उपसभापति पदमा ६ जनाको मनोनयन दर्ता भएको छ । उपसभापतिमा कर्णबहादुर भण्डारी, माधवप्रसाद रेग्मी, क्याप्टेन डमबहादुर पुन, क्याप्टेन मिनबहादुर कार्की, हरिकुमार श्रेष्ठ र कमल छन्त्यालको उम्मेदवारी परेको छ ।

त्यसैगरि दुई जना निर्वाचित हुने सचिब पदमा चार जनाको उम्मेदवारी परेको छ । सचिब पदमा अजयमिलन श्रेष्ठ, भरत रकाल, दुर्गाराम सुवेदी र हिरा बहादुर पुनको उम्मेदवारी परेको छ । दुई जना निर्वाचित हुने सहसचिब पदमा तीन जनाको उम्मेदवारी परेको छ । उक्त पदमा कोमल प्रसाद उपाध्याय, ध्रवराज कार्की र श्रीराम पौडेलले मनोनयन दर्ता गराउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार