गरिमा विकास बैंकको ऋणपत्र आजदेखि बिक्री खुला

काठमाडौँ । गरिमा विकास बैंकले बिहीबारदेखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले एक हजार रुपैयाँ दरको १० लाख कित्ता आठ दशमलव ७५ प्रतिशत गरिमा विकास बैंक डिबेन्चर २०८५’ जारी गरेको हो । उक्त ऋणपत्रको अवधि सात वर्ष रहनेछ । जसमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।

बाँकी ६० करोड रुपैयाँ बराबरको छ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात् २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।बैंकको बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गरेको छ । फन्डमा लगानीकर्ताले न्यूनतम २५ देखि एक लाख कित्तासम्म आवेदन दिन सकिन्छ । सो ऋणपत्र खरिदका लागि छिटोमा २० मंसिरसम्ममा आवेदन दिनुपर्नेछ ।

सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि १ पुससम्म लम्बिनेछ। फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।गरिमाको यस ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले गरिमा विकास बैंकको ऋणपत्रलाई ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार