दक्षिण एसियाका ५ मुलुकमा ओमिक्रोन फैलियो

काठमाडौं । पाकिस्तानमा समेत नयाँ कोभिड भेरियन्टका संक्रमित फेला परेका छन् । योसँगै दक्षिण एसियाका पाँच मुलुकमा ओमिक्रोन भेरियन्ट देखिएको छ । बिहीबार कराचीकी एक महिलामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको पाकिस्तानका अधिकारीले बताउनुभएको हो ।

संक्रमित महिला स्थानीय भएको र विदेश यात्रा गरेको नदेखिएको पनि अधिकारीहरूले बताउनुभएको छ । खोप नलगाएकी ६५ वर्षीया महिलामा ओमिक्रोन संक्रमण देखिएको हो । संक्रमण देखिएपछि ती महिला अस्पताल भर्ना भएको र हाल डिस्चार्ज गरिएकी उनी घरमै आइसोलेशनमा बसेकी छन् ।

पछिल्लो पटक पाकिस्तानमा ओमिक्रोन फेला परेपछि हालसम्म दक्षिण एसियाका पाँच मुलुकमा यो भेरियन्ट फैलिएको छ ।संक्रमितमध्ये सबैभन्दा धेरै भारतमा छन् । त्यहाँ ओमिक्रोनबाट २० जनाभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । श्रीलंका र माल्दिभ्समा समेत यो भेरियन्ट फैलिइसकेको छ ।

नेपालमा समेत ओमिक्रोनका संक्रमित पुष्टि भइसकेका छन् । दक्षिण अफ्रिकाबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका ७१ वर्षीय नेपाली नागरिकमा सोमबार संक्रमण भेटिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म ५७ मुलुकमा ओमिक्रोन फैलिएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार