गठबन्धन तोड्न कांग्रेसलाई एकलौटी सरकार चलाउन दिने एमालेको प्रस्ताव छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन तोड्ने एमालेले कांग्रेसलाई विभिन्न प्रस्ताव गरेको बताउनुभएको छ । समाजवादी प्रेस संगठनले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमालेले अहिलेको गठबन्धन तोडे कांग्रेसको नेतृत्वमा एकलौटी सरकार चलाउन दिने प्रस्ताव गरेको बताउनुभयो ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि अवस्थामा गठबन्धनलाई निरन्तरता दिने आफूलाई बताएको दाहालको भनाइ छ । ुएमालेले कांग्रेसलाई गठबन्धन तोडे एकलौटी सरकार चलाउन दिने र एमसीसी पारित गर्न सघाउने प्रस्ताव गरेको छ,’ दाहालले भन्नुभयो, ‘प्रधानमन्त्री देउवाले कुनै हालतमा गठबन्धन टुटाउने पक्षमा छैनौं भन्नु भएको छ ।’

कार्यक्रममा उनले अहिले पनि एमाले अध्यक्ष ओली प्रतिमगनको बाटोमा रहेको संसद् अवरोधबाट पुष्टि भएको बताउनुभयो। उहाँले एमालेले गरेको माग सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार गठन हुँदा पार्टीको ह्वीप नलाग्ने भन्ने फैसलाको विरुद्ध रहेको बताउनुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार