मोना युकेको अध्यक्षमा फगामी (तस्बिरहरु)

बेनी । युकेमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी अर्गनाइजेशन (मोना) युकेको अध्यक्षमा कुमार फगामी चयन हुनुभएको छ । बेलायतको अल्डरर्सट स्थित प्यालेस रेष्टुरेण्टमा नेपाली समय अनुसार आइतबार राति सम्पन्न सातौं अधिवेशनबाट अध्यक्षमा फगामी सर्वसम्मत निर्वाचित हुनुभएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लाल बहादुर पुन, उपाध्यक्षमा पदम सुन्दर गर्बुजा , महिला उपाध्यक्षमा धन कुमारी रोका (धना) महासचिवमा विष्णु भण्डारी , सचिवमा मन्दिप जुग्जाली, सह–कोषाध्यक्ष तारा रोका, सांस्कृतिक सचिवमा नुनु पाईजा, सदस्यता सचिवमा तकलाल पुन र गाउँपालिका सचिवमा नारायण पुन रहनुभएको छ ।

सदस्यहरुमा तिर्थ (अनिल)मल्ल, चित्र बुढा ,राम पुन , धन बहादुर पुन, भक्त रोका, बिल पुर्जा, राम तिलिजा, गंग पुर्जा, टेक बुढाथोकी, साम गुरुङ, बागबिर पुन ,महिला सदस्यहरुमा शिला थापा ,सुमन पुन ,लक्ष्मी पाईजा, देवी रोका, कुसुम मल्ल, गंगा रोका र उदिमा बुढा चयन हुनुभएको छ ।

यसैगरी अधिवेशनले जिल्लाका सबै पालिकाको नेतृत्व चयन गरेको छ । निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यलाई निर्वाचन समितिका संयोजक उमेश रानाले सपथ ग्रहण गराउनुभएको थियो । अधिवेशनको उद्घाटन गर्नुहुँदै एनआरएन यूकेका पूर्व अध्यक्ष एवम् मोना आइइसीका पूर्व अध्यक्ष योगेन क्षेत्रीले मोनामार्फत जन्मभुमी म्याग्दीमा धेरै काम भएको बताउनुभयो ।

अधिवेशनमा मोना यूकेका निवर्तमान अध्यक्षहरु योग कुमार फगामी, उमेश राना, एनआरएन यूकेका सल्लाहकार सुमन पुन, मोना आइइसीका क्षेत्रीय सदस्य विष्णु भण्डारी लगायत मोनाका सल्लाहकारको उपस्थिती रहेको थियो । अधिवेशनमा निवर्तमान उपाध्यक्ष हाेम रोकाले स्वागत, महासचिव लाल पुनले प्रगति र कोषाध्यक्ष पदम सुन्दर गर्बुजाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो थियो । त्यस्तै विधान समितिका संयोजक धन पुनले विधान प्रस्तुत गरेको विधान सर्वसम्मतिले पारित भएको छ ।

अधिवेशनमा निवर्तमान अध्यक्ष दल जुग्जालीले आफ्ने कार्यकालको अन्तिमतर्फ कोरोनाको महामारीले धेरै प्रभावित बनाएपनि कार्यकाल भब्य रुपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो ।नवनिर्वाचित अध्यक्ष फगामीले आफ्नो कार्यकालमा पुराना कार्यक्रमहरुलाई निरन्तरता सहित थप योजना लिएर अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभएको छ । मोना यूकेले जिल्लाको सामाजिक ,स्वास्थ्य ,शिक्षा लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।रेडक्रस सोसाईटी म्याग्दीलाई ३ वटा एम्बुलेन्स सहित विभिन्न सामाजिक तथा मानवीय सेवा र विकास निर्माणका क्षेत्रमा समेत करडौँ सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार