भारतमा ओमिक्रोन संक्रमितको संख्या २१३ पुग्यो

एजेन्सी । भारतमा बुधबार कोरोना भाइरस संक्रमितको ६ हजार १ सय १७ नयाँ संक्रमित भेटिएका छन् जबकी यसका कारण ३१८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६,९०६ संक्रमित निको भएका छन् ।

भारतमा यतिबेला सक्रिय संक्रमितको संख्या ७८,१९० छन् जुन ५७५ दिनमा सबैभन्दा कम हो । यस्तै यहाँ ओमिक्रोन संक्रमितको संख्या बढेर २१३ पुगेको छ । ओमिक्रोन भेरियन्टका सबैभन्दा धेरै संक्रमित दिल्लीमा ५७ छ र महाराष्ट्रमा ५४ पाइएको छ । यो भेरियन्टद्वारा संक्रमित रहेका ९० बिरामी ठिक भएपछि अस्पतालबाट छुट्टी पनि दिइएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार