नेपालले अफ्रिकी राष्ट्र मौरिसससँग काठमाडौंमा दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौँ । नेपालको राष्ट्रिय पुरूष फुटबल टोलीले मौरिसससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। सन् २०२२ को जनवरी २९ र फेब्रुअरी १ मा नेपालले काठमाडौंमा मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार फिफा वरियतामा १७२ औं स्थानमा रहेको फ्रिकी राष्ट्र मौरिसससँगको मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुनेछ। दुवै मैत्रिपूर्ण खेलहरू फिफा अन्तर्राष्ट्रिय म्याच क्यालेन्डर मितिअन्तर्गत पर्छन्।

यसअघि नेपालले पछिल्लोपटक दशरथ रंगशालामा भारतविरूद्ध मैत्रीपूर्ण खेल खेलेको थियो। नेपालले पहिलो खेल बराबरी र दोस्रो खेलमा हार व्यहोरेको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार