जिम्मेवारी थपिएको छ : प्रशिक्षक भट्ट

काठमाडौं । नेपाली महिला भलिबल टिमलाई लगातार दोस्रो पटक एसियन भलिबल सेन्ट्रल जोनको उपाधि जिताउन सफल प्रशिक्षक जगदिश भट्टले जिम्मेवारी अझै थपिएको बताउनुभएको छ ।

बिहीबार त्रिभुवन विमानस्थलमा स्वागत कार्यक्रम पछि प्रशिक्षक भट्टले उपाधि जितेपछि सरकारले घोषणा गरेको पुरस्कारले जिम्मेवारी बढेको बताउनुभएको हो । उहाँले यसअघि जितेर आएपछि पुरस्कारको आशा गर्नुपर्ने भए पनि यसपटक आश्चर्यजनक रुपमा घोषणा भएको बताउनुभयो । ‘अहिलेको खेलकुद मन्त्री कम बोल्ने धेरै काम गर्ने हुनुहुन्छ । हामीले नभनी कनै क्यास प्राइज ५–५ लाख खेलाडीलाई दिने घोषणा गर्नुभएको छ । ‘ प्रशिक्षक भट्टले भन्नुभयो ।

उहाँले आफूहरुको काम खेल्ने रहेको र त्यसका लागि वातावरण बनाइदिनुपर्ने बताउनुभयो । ‘हामीले खेल्ने काम हो । खेल मैदानमा क्षमता प्रदर्शन गर्ने हो । त्यसका लागि वातावरण बनाइदिनुपर्छ ।’ भट्टले भन्नुभयो, ‘ खेल जित्नु मात्र ठूलो कुरा होइन भलिबललाई अझै माथि उठाउनुपर्छ।’प्रशिक्षक भट्टले अब एकेडेमी र कभर्डहलहरु बनाउनुपर्ने र ग्रासरुटबाट खेलाडीहरु ल्याउनुपर्ने बताउनुभयो । त्यसो भएमात्र आगामी ५ वर्षमा नेपालको भलिबल धेरै माथि जाने उहाँको विश्वास छ ।

यस्तै कप्तान अरुणा शाहीले पनि नयाँ खेलाडी कम रहेकोले गाउँबाट खेलाडी ल्याउनुपर्ने बताउनुभयो ।नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले सरकारले वार्षिक ३ करोड बजेट भलिबललाई दिनुपर्ने माग राख्दै त्यसपछि भलिबलले अझ धेरै मेडल ल्याउने बताउनुभयो । च्याम्पियन टिमका खेलाडीलानई सरकारले जनही ५ लाख तथा दुई प्रशिक्षकलाई ३–३ लाख र एक अफिसियललाई २ लाख दिने घोषणा गरिसकेको छ । स्वागत कार्यक्रममा खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथकले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हाताभित्र भलिबलको आफ्नै कभर्डहल बनाउने वाचा गर्नुभयो । अनलाइनबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार