
काठमाडौँ । नेपाली काँग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतमा सुनुवाइका लागि शुक्रबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।
उनको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा परेको थियो । विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग समेतमा विपक्षी बनाइएका आलमले धरौटीमा थुना मुक्त भएर सुनुवाइ प्रक्रियामा सामेल हुन माग गर्दै रिट निवेदन दिएका थिए ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहटबाट प्रत्यक्ष निर्वाचित यादव हाल थुनामा छन् । उनको रिट निवेदनमाथि सुनुवाइका लागि पटक पटक पेसी तोकिए पनि सुनुवाइ प्रक्रिया भने अघि बढ्न सकेको छैन । रातोपाटीबाट