माओवादीमा दलितको उचित प्रतिनिधित्व माग्दै हस्ताक्षर

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी माहाधिवेशनस्थलमा दलित समुदायको उचित प्रतिनिधित्वको माग गर्दै हस्ताक्षर संकलन गरिएको छ । पार्टी निकट दलित अगुवाहरुले दलित समुदायको समानुपातिक प्रतिनिधित्वको माग गरेका हुन् ।

पार्टीले दलित समुदायका लागि उचित कोटा छुट्टायाउनुपर्नेमा त्यसो हुन नसकेको उनीहरुको गुनासो छ । हस्ताक्षर संकलन गरेर नेतृत्वलाई बुझाइने दलित अगुवाहरुको भनाई छ । माओवादीले संशोधित विधानमा दलित तर्फबाट केन्द्रीय कमिटीमा २२ जना सहभागिता हुने निश्चित गरेको छ । जसमा पुरुष ६, पुरुष युवा १, महिला १२ र महिला युवा ३ रहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार