दाङ । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेस बाँकेका युवराज शर्माले उम्मेदवारी दिनुभएको छ ।
यस्तै, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे, राजमोबाट रुपन्देहीका तुलबहादुर विश्वकर्माले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ । राष्ट्रियसभाका १९ जना निर्वाचित सदस्य र एक जना मनोनित सदस्यको आगामी २० फागुनबाट कार्यकाल सकिने भएकाले १२ माघमा निर्वाचन हुँदै छ । नागरिक खबरबाट