विनोद चौधरीलाई काँग्रेस केन्द्रीय सदस्यबाट पदमुक्त नगरे अदालत जान्छु : यादव

काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा मधेसी खुलाबाट विजयी विनोद चौधरीलाई केन्द्रीय सदस्यबाट पदमुक्त नगरे अदालत जाने डा. सुवासचन्द्र यादवले बताउनुभएको छ ।

क्रियाशील सदस्यता लिएको १० वर्ष नपुगेका व्यक्ति केन्द्रीय समितिमा जान नसक्ने विधानको प्रावधानविपरीत चौधरीलाई ‘बलमिच्चाई गरेर’ विजयी बनाएको भन्दै उनीसँग पराजित यादवले न्याय नपाए अदालत जाने बताउनुभएको हो ।

‘चौधरीजीले मनोनयन दर्ता गर्ने बेलामा नै मैले उजुरी दिन खोजेको थिएँ तर मेरो उजुरी त्यो बेला लिइएन, त्यसपछि निर्वाचन समितिमा संयोजक कृष्णगोपाल घिमिरेलाई उजुरी लिन नमानेको बारेमा जानकारी गराएँ,’ यादवले भन्नुभयो, ‘तर, उहाँले विधानले नदिए पनि पार्टीबाट लेखाएर आउनु भएको छ भन्ने कुरा गर्नुभयो, मैले भने कसैले लेखाएर हुने भए विधान किन बनाउनु पर्‍यो तर उहाँले कुनै जवाफ दिनु भएन ।’उहाँका अनुसार १६ मङ्सिरमा दिएको उजुरी काँग्रेस केन्द्रीय कार्यालयले १ सय ३५ दर्ता नम्बरमा चार दिनपछि अर्थात् २० पुसमा दर्ता गरेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार