काँग्रेसभित्रको गुट उपगुटले चुनावमा हार्ने अवस्था आउन सक्छः संग्रौला

विराटनगर । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीभित्र मौलाएको गुट उपगुटले आगामी चुनावमा शर्मनाक हार बेहोर्ने अवस्था आउनसक्ने बताउनुभएको छ।

पार्टीको महाधिवेशन सकिसकेकाले अबका दिनमा गुट उपगुट बिर्सेर तीन तहको निर्वाचनमा जुटेमात्र जित हासिल गर्नसक्ने उहाँको भनाइ छ । प्रेस युनियन मोरङले बिहीवार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संग्रौलाले भन्नुभयो, ‘भविष्यमा तिन तहको निर्वाचन हुदैछ । अव महाधिवेशनको इगो कसैले राख्नु हुँदैन । यति इगो राखेर चुनावमा गएको काँग्रेसले शर्मनाक हार बेहोर्नेछ।’

तीनै तहको निर्वाचन नजिकै आइसकेकाले काँग्रेसलाई पहिलो पार्टी बनाउन सबैले गुटउपगुट त्याग्नुपर्ने उहाँले बताउनुभयो । नेता संग्रौलाले अगामी निर्वाचनमा काँग्रेसले गठबन्धनबाट चुनावी प्रतिस्पर्धा गर्न नहुने बताउनुभयो । गठबन्धनबाट चुनाव लडे काँग्रेस फेरि पनि दोस्रो पार्टी बन्ने उहाँको भनाइ थियो ।कम्युनिष्टहरुले मुलु्कको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरा दुईतिहाइ मत पाएर पनि सरकार सञ्चालन गर्न असफल भएपछि सिद्ध भैसकेकोले अव देशको नेतृत्व काँग्रेसले मात्र गर्न सक्ने बताउनुभयो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार