एसिड पीडित मुस्कान खातुनलाई सरकारले ३ लाख सहयोग गर्ने

काठमाडौँ । सरकारले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताउनुभएको हो ।

बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ भने राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा सुरेन्द्र बस्नेतलाई नियुक्त गरेको छ । बैठकले गृहमन्त्रालयको लागुऔषध नियन्त्रण शाखा प्रमुखसहित ७७ वटै जिल्लाका सिडिओलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदले जापान सरकारकाबाट प्राप्त हुने १० अर्ब ३९ करोड नीतिगत ऋण स्वीकार गर्ने, प्रहरी नियमावली संशोधन गर्ने, राजपत्र हरेक हप्ताको सोमबार र बिहीबार दुई दिन प्रकाशन गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार