प्रधानमन्त्री देउवा पनि आइसोलेसनमा

काठमाडौं । कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुमा संक्रमण पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको हो । त्यसैले प्रधानमन्त्री देउवा शनिबारदेखि नै आइसोलेसनमा बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका एकजना सदस्यले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यू भेटघाट बन्द गरेर आइसोलेट हुनु भएको छ ।’यद्यपि उशाँमा कोभिडसँग मिल्दाजुल्दा कुनै पनि लक्षण नदेखिएको उहाँले बताउनुभयो । त्यसैले कोभिड परीक्षण गर्ने कि नगर्ने भन्ने पनि एकिन भइसकेको छैन । ती सदस्यले भन्नुभयो, ‘अहिले नै पीसीआर टेष्ट गर्ने कि एक–दुई दिन कुरेर परीक्षण गराउने भन्ने अझै एकिन भइसकेको छैन, परामर्श जारी छ ।’

शुक्रबार सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसहित उच्चस्तरीय समन्वय समितिको बैठकमा प्रधानमन्त्री देउवा सहभागी हुनुहुन्थ्यो । त्यसको भोलिपल्ट अर्थात् शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतमा कोभिड पुष्टि भएको थियो । शनिबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर फर्किएलगत्तै प्रचण्ड संक्रमित भएको खबर पाएपछि देउवा आइसोलेसनमा बस्नुभएको हो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार