थप ११६७ जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ३२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ सय २४ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ५५ रहेको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ४ पुगेको छ । त्यस्तै काठमाडौं उपत्यकामा आइतबार ६१५ जना नयाँ संक्रमित थपिएका छन्। त्यसमध्ये काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना थपिएका हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार