नारायणहिटी संग्रहालयको जग्गा प्रकरणमा मुछिएका दाहालद्धारा राजीनामा

काठमाडौँ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट राजीनामा दिनुभएको छ । नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा बतास समूहलाई क्याफेटेरिया (रेष्टुरेन्ट) सञ्चालनका लागि ठेक्का दिएको प्रकरणमा विवादमा मुछिनुभएका उहाँले कार्यकारी निर्देशकको पदबाट राजीनामा दिनुभएको हो ।

दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएको मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिनुभयो । जग्गा ठेक्काको सम्बन्धमा छानबिन गर्न मन्त्रालयले बनाएको छानबिन समितिले दाहालले जिम्मेवारी पूरा नगरेको र सेटिङमा उहाँको समेत संलग्नता देखिएकाले उहाँलाई कारबाही गर्नुपर्ने निष्कर्षसहित सोमबार प्रतिवेदन सार्वजनिक गरेको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार