पार्टी सदस्य मनोनयनमा पक्षपात गरेको छैन : लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यहरु मनोनयनमा कुनै पक्षपात नगरेको दाबी गर्नुभएको छ । पार्टी कार्यालयमा बुधबार आयोजित मनोनीत नयाँ सदस्यहरुलाई शपथग्रहण गराउँदै अध्यक्ष लिङ्देनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लागे पनि त्यो सत्य नभएको बताउनुभएको हो । उहाँले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्ने पनि बताउनुभयो ।

अध्यक्ष लिङ्देनले पार्टीले राजसंस्था, हिन्दुराज्य पुनःस्थापनाको मुद्दासँगै भ्रष्टाचारविरुद्ध, जनजीविका, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरुसमेत लिएर अघि बढ्ने बताउनुभयो । पार्टीमा मनोनयन सदस्यहरुको परिपूर्ति अहिले नै भइनसकेकोले अबका दिनमा लैंगिक, समावेशी र समानुपातिकताका हिसाबले गरिनेसमेत बताउनुभयो । पार्टीमा महिलाको संख्यालाई संविधानबमोजिम पूर्ण गरेर जाने उहाँको भनाइ छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार