थप ३०७५ जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ सय ७८ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख १४ हजार ५७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ९० रहेको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ९ पुगेको छ । काठमाडौं उपत्यकामा १४९८ संक्रमित थपिएका छन्। काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार