पोखरा उडेको गुण एयरको जहाजमा प्राविधिक समस्या, पुनः काठमाडौं फर्काइयो

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ । अहिले प्राविधिक टोलीले जहाज जाँच गरिरहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘कस्तो खालको प्राविधिक गडबडी हो भन्ने कुरा बुझ्न मैले हाम्रो इन्जिनियरको टोलीलाई पनि पठाएको छु ।’ सो जहाजमा रहेका एकजना यात्रुले भने आकाशमै हवाई जहाजको ढोका खुलेपछि आफूहरुलाई पुनः विमानस्थलमै फर्काइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौंबाट उडेको करिब पाँच मिनेट मात्रै भएको थियो, जहाजले उचाइ लिंदै थियो, त्यही बेला यात्रु चढ्ने ढोका खुलेपछि प्राविधिक समस्या देखिएको भन्दै पुनः फर्काइयो ।’ यद्यपि आकाशमै ढोका खुलेको भन्ने ती यात्रुको दाबी पुष्टि हुन बाँकी छ । सो जहाजको आज बिहान करिब साढे आठ बजे पोखरा उड्ने नियमित तालिका थियो । तर डिले भएर करिब १० बजेपछि मात्रै काठमाडौंबाट पोखराका लागि उडेको थियो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार