बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई टर्‍यो : मन्त्री खतिवडा

विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई टरेको बताउनुभएको छ ।समाजवादी प्रेस संगठन मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले तत्कालका लागि बीपीको समस्या टरेको बताउनुभएको हो ।

बीपीको काम कारबाही गर्नका लागि पाँच सदस्यीय टोली गठन गरेर धरान पठाएको बताउँदै उनले तत्काललाई समस्या टरेको बताउनुभयो । उहाँका अनुसार वर्तमान पदाधिकारीलाई काम गर्न रोक लगाइएको छ । शनिबार बसेको क्याबिनेट बैठकले निर्णय गरेर श्यामसुन्दर यादवको नेतृत्वमा काम गर्नका लागि टोली पठाइएको बताउनुभयो ।मन्त्रालयको टोलीले काम थालेपछि वर्तमान पदाधिकारीले छानबिन नसकिएसम्म काम गर्न नपाउने बताउनुभयो।

सोचे अनुसार नागरिक खोप लगाउन आएनन् 

पत्रकार सम्मेलनमा उनले खोप लगाउन सोचे अनुसार नागरिकहरू नआएको बताउनुभयो । खोप लगाउन जनता नआएपछि सातै प्रदेशमा खोप अभियान सञ्चालन गरेको उहाँको भनाइ छ । खोपका लागि गाउँ टोलमा टोली खटिने उहाँले बताउनुभयो । ८० प्रतिशतलाई पहिलो डोज र करीब ६० प्रतिशतलाई पूर्णमात्रा खोप लगाएको उहाँले बताउनुभयो ।

पहिलो र दोस्रो डोज लगाएपछि नागरिकलाई बुस्टर डोज दिइने उहाँले बताउनुभयो ।दुवै डोज खोप लगाएकाहरूलाई कोरोनाले असर कम गर्ने भएकाले खोप लगाउन उहाँले आग्रह गर्नुभयो। कोरोना रोकथामका लागि सरकारले पर्याप्त पूर्वतयारी गरेको बताउनुभयो । उहाँले सरकारी अस्पतालमा संक्रमितको उपचारका लागि व्यवस्था गरेकाले निजी अस्पताललाई पनि तयार रहन आग्रह गरिएको बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार