काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उहाँको सचिवालयले जानकारी दिएको हो ।
यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । मन्त्री आलेको सचिवालयले आफूहरुको सम्पर्कमा आएका सबैजनालाई सतर्कता अपनाउन आग्रह गरेको छ । ekantipurबाट