उत्तर कोरियाद्वारा दुईवटा छोटो दुरीको क्षेप्यास्त्र परीक्षण

एजेन्सी । उत्तर कोरियाले दुईवटा छोटो दुरीको ‘बालिस्टिक’ क्षेप्यास्त्र समुद्रमा प्रहार गरेको छ । यो महिना उत्तरले गरेको यो चौथो परीक्षण भएको दक्षिण कोरियाको सेनाले जनाएको हो ।

दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफले सोमबार राजधानीमा रहेको सुनान विमानस्थलबाट दुईवटा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ । ती क्षेप्यास्त्र ४२ किलोमिटरको उचाइमा ३८० किलोमिटर टाढासम्म पुगेको थियो ।

जापान सरकारले पनि क्षेप्यास्त्र प्रहार भएको जिकिर गर्दै त्यसको भर्त्सना गरेको छ । जापानको रक्षामन्त्री नोबु किसीले ती क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वी तट नजिकै खसेको बताए । शुक्रबार उत्तरले रेलबाट दुईवटा क्षेप्यास्त्र प्रहार गरेको थियो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार