पत्रकार विश्वकर्माको निधन

काठमाडौँ । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको आज बिहान उपचारका क्रममा मृत्यु भएको ललितपुरस्थित पाटन अस्पतालले जनाएको छ । उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार राति अस्पताल लगिएको थियो ।

बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उहाँलाई पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । अछाम रामारोशन–५ निवासी २४ वर्षीय विश्वकर्माका श्रीमती र एक छोरा छन् । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार