थप ६८२७ जनामा कोरोना संक्रमण, १० को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ८ सय ६९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय ९७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ३२ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८९ हजार ९ सय ४१ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार