थप ४,९०४ जनामा कोरोना संक्रमण,६को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५ सय ६२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ७ सय ३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ९ सय २४ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८७ हजार ३ सय २९ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार