थप ३५४० जनामा कोरोना संक्रमण, ६३५९ संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १ सय ४५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण थप ३२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक संख्या ३२ रहेको जानकारी दिनुभएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ७ सय ३५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ८३ हजार ९ सय ९९ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार