एमसीसीको पक्ष लिनेहरु दलाल हुन् : किराती

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसीको पक्षमा बोलिरहेको बेला सोही पार्टीका संघीय परिषद सदस्य तथा साहित्यकार मिलनकान्छा किरातीले एमसीसीको पक्ष लिनेहरु दलाल रहेको आरोप लगाउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्दै भन्नुभएको छ, ‘साथीहरु दलालहरुलाई चिन्नुहोस्, एमसीसीको पक्ष लिनेहरु दलालहरु हुन् । अर्को कुरा, एमसीसी र बिआरआई एउटै होइन । नो एमसीसी ।’ जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र डा.भट्टराईबीच शक्तिको टकराव भइरहेको बेला एमसीसी विवादले चर्को रुप लिँदै गएपछि जसपालाई थप नोक्सान पुर्याउने देखिन्छ ।

किरातीको यो अभिव्यक्तिले अब बाबुरामको साथ छाड्नसक्ने अनुमान गरिएको छ । किरातीले भट्टराईलाई नयाँशक्ति पार्टी निर्माणदेखि हाल जसपा आइपुग्दासम्म दह्रो साथ दिँदै आउनुभएको छ । जसपा प्रवास प्रदेश पूर्वउपाध्यक्षसमेत रहेका किरातीले नयाँ शक्तिदेखि जसपासम्म आइपुग्दा पूर्वी एसिया इन्चार्ज, एसिया प्यासिफिक जिल्ला संयोजक, प्रवास हेडक्वार्टरलगायत पार्टीको विभिन्न तह र मोर्चा सम्हालिसक्नुभएको छ ।

किरातीको संयोजकत्वमा तीन सदस्यीय जसपा प्रवासले एमसीसी कार्यदल गठन गरेर पार्टीलाई प्रतिवेदनसमेत बुझाएको थियो । उक्त प्रतिवेदनमा एमसीसीको सात सकरात्मक पक्ष आठ नकरात्मक पक्ष पाँच सुझाव दिईएको थियो । एमसीसी होस वा बिआरआई, ऋण होस अथवा अनुदान राष्ट्रलाई हानी हुनेगरी सर्त मानेर लिन नहुने र संसदबाट पास गर्ने कुरा त झन राष्ट्रलाई अत्यान्त खतरायुक्त भएकाले एमसीसीको विरोधमा आम नागरिक उठ्न ढिला गर्न नहुने किरातीले बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार