थप ६८० जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

यस्तै कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय २ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय ३५ जना निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १९ हजार ४०० रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार