
काठमाडौं । एमसीसीको विरोधमा प्रदर्शन गरिरहेको नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन्।
प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा धकेलाधकेलसमेत भएको छ।
प्रदर्शनका क्रममा झडपको स्थितिसमेत बनेको थियो । उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् ।
नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् । यस्तै एमसीसीविरुद्ध अन्य साना पार्टीहरूले पनि प्रदर्शन गरिरहेका छन्।प्रदर्शनकारीलाई प्रहरीले एभरेष्ट होटलनेर रोकेको छ । बानेश्वरमा उल्लेख्य संख्यामा प्रहरी खटाइएको छ । सेतोपाटीबाट