सभामुखविरूद्व महाअभियोग प्रस्ताव ल्याउँछौ : बाँस्कोटा

काठमाडौँ । पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका नेता गोकुल बास्कोटाले सभामुखविरुद्ध एमालेले महाअभियोगको प्रस्ताव ल्याउनसक्ने बताउनुभएको छ। एमालेलाई परास्त गर्ने भुमिका खेलिरहेको भन्दै सभामुख अग्नि सापकोटाविरुद्ध अनुकूलतामा उक्त प्रस्ताव ल्याउने उहाँले बताउनुभयो । बुधबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘सभामुख पक्षपाती भए । सभामुख कुनै पार्टीको हैन र त्यो पद संसदको सबैभन्दा माथिल्लो हो।’

नेपाल खेलकुद महासङ्घ कर्णाली प्रदेशको प्रथम अधिवेशनमा सहभागी हुन आएका उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विरोध गर्न सम्म गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड जी खोलैखोला जान लाग्नुभाछ । एमसीसीका विरुद्धमा पहाड सिर्जना गर्ने पनि प्रचण्ड नै हुन् । एमसीसीका बारेमा उहाँले एउटा पहाड सिर्जना गर्न खोज्नुभयो।’ साथै नेता बास्कोटाले एमसीसी परियोजना त्यति गिजोल्नुपर्ने नभएको भन्दै एमालेको बचाउ गर्नुभयो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार