चिनियाँ विदेशमन्त्री शुक्रबार काठमाडौँ आउँदै

काठमाडौँ । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौँ आउने हुनुभएको छ । नेपाल र चीन दुवै देशले वाङको नेपाल भ्रमणको आज औपचारिक घोषणा गर्दै हुनुहुन्छ । उहाँले यही चैत ११ देखि १३ गतेसम्म नेपालको भ्रमण गर्नुहुनेछ ।

तय भएको कार्यक्रम अनुसार चिनियाँ विदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौँ आइपुग्नुहुनेछ । वाङको महत्वपूर्ण कार्यक्रमहरु सबै चैत १२ र १३ गतेलाई राखिएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चैत १२ गते नेपाल–चीन परराष्ट्र मन्त्री स्तरीय द्विपक्षीय बैठक बस्ने छ ।

नेपाल भ्रमणको बेला उहाँले रास्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र अन्य प्रमुख दलका शीर्ष नेताहरुसग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । चिनियाँ विदेशमन्त्री वाङ चैत १३ गते साझ स्वदेश फर्कने कार्यक्रम रहेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार